समाचार

कर्णाली प्रदेशमा कांग्रेसबाट सिफारिस भएका तीन जना मन्त्रीहरुको आज सपथ

अनलाइन नेपालगंज

बुधबार, ६ बैशाख २०८०

कर्णाली प्रदेश सरकारमा सहभागी हुने नेपाली कांग्रेसका तीन मन्त्रीहरुको आज सपथ हुदैछ।

नेपाली कांग्रेसबाट बेदराज सिंह, कृष्ण कुमार बिसी र  खड्ग बहादुर पोखरेल मन्त्री बन्दैछ्न्। सिंहले आर्थिक मामिला तथा योजना, बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण र पोखरेलले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आज दिउँसो कांग्रेसबाट सिफारिस भएका तीन जना मन्त्रीलाई कर्णाली प्रदेश प्रमुखले सपथ गराउने भएको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिएका छन् ।