स्वास्थ्य

नेपालगञ्जमा एक जनालाई कोरोना संक्रमण पुष्टि

अनलाइन नेपालगंज

बुधबार, ६ बैशाख २०८०

भारतबाट आएका तीन जनालाई कोरोना संक्रमण देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीका अनुसार मंगलबार भारतबाट आएका १ सय ३० जनाको जाँच गर्दा ३ जनामा कोरोना देखिएको छ ।

यस्तै, नेपालगञ्जमा पनि एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ की ३० वर्षीया महिलालाई कोरोना देखिएको हो ।