समाचार

कैलालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु , तीन घाइते

अनलाइन नेपालगंज

सोमबार, २७ चैत्र २०७९

कैलालीमा एसईई परीक्षा दिएर फर्किँदै गरेको विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रमा एसईई परीक्षा दिएर घर फर्किने क्रममा चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा चुरे गाउँपालिका ६ बस्ने १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका ठगुन्नालाई उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

जिपमा सवार  विद्यार्थीहरु चुुरेकै १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीया सरस्वती धामी पनि घाइते भएका छन् । उनीहरुको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ ।

जिप चालक १९ वर्षीय नरसिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।