विशेष

आजदेखि उपनिर्वाचनका लागि आचारसंहिता लागू

अनलाइन नेपालगंज

शुक्रबार, २४ चैत्र २०७९

वैशाख १० गते हुँदै गरेको उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।  निर्वाचन आयोगले  चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू गरेको हो।  तनहुँ क्षेत्र नम्बर १,चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म उपनिर्वाचन हुँदैछ । 

आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी आजदेखि आचारसंहिता लागू गरेको हो  । 

यसअघि तनहुँ ,चितवन र बारा मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो । बुधवार आयोगले मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी साँझ ६ बजेभित्र उम्मेदवारको नामावली प्रकाशित गरेको थियो । बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको थियो  । आजदेखि आचारसंहिता लागू भएको हो ।