समाचार

आज निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नमावली प्रकाशित र चुनाव चिह्न प्रदान गर्दै

अनलाइन नेपालगंज

बिहीबार, २३ चैत्र २०७९

आगामी बैशाख १० गते हुँदै गरेको उपनिर्वाचनका लागि निर्वाचन आज निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नमावली प्रकाशित गर्दै चुनाव चिह्न प्रदान गर्दैछ।

आयोगले आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म  उम्मेदवारी फिर्ता लिने समय तोकेको छ। दिउँसो १ बजे पछि आयोगले  उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने भएको छ।

आयोगका अनुसार उपनिर्वाचन हुने तिनै स्थानका लागि ३३ दलका उम्मेदवार  र ३६ जना स्वतन्त्र उम्मेदवार बनेका छन् ।

जसअनुसार , चितवन–२ मा २४ जना उम्मेदवार, तनहुँ–१ मा ९ जना र बारा–२ मा ३६ गरी कुल ६९ जनाले उम्मेदवारी  दर्ता गराएका छन्।