समाचार

महाकाली नदी किनारमा पुरुषको शव फेला

अनलाइन नेपालगंज

बिहीबार, १६ चैत्र २०७९

दार्चुलाको व्याँसमा एक जना पुरुषको शव फेला परेको छ ।  

व्याँस गाउँपालिका-६ बडुगाउँस्थित महाकाली नदी किनारमा पुरुषको शव फेला परेको हो । आज बिहान १० बजेतिर बडुगाउँको पुल छेउँमा अन्दाजी  ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । 

शवको पहिचान भने हुन सकेको छैन । उक्त शव महाकाली नदीमा बगेर आएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।

त्यँहा अहिले इलाका प्रहरी कार्यालय हुतिबाट प्रहरीको टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।