खेलकुद

युरोकप छनोटमा ६ अंकसहित फ्रान्स पहिलो र ३ अंक बनाउँदै नेदरल्यान्ड तेस्रो स्थानमा

अनलाइन नेपालगंज

मंगलवार, १४ चैत्र २०७९

युरोकप छनोट अन्तर्गत समूह ‘बि’ को खेलमा नेदरल्यान्ड र फ्रान्स विजयी भएका छन् । पहिलो खेलमा फ्रान्ससँग  ४-० गोल अन्तरले पराजित भएको नेदरल्यान्डले आज बिहानको दोस्रो खेलमा जिब्राल्टरलाई ४-० गोलले पराजित गरेको हो ।

यस्तै फ्रान्सले आयरल्यान्डलाई १-० गोलले पराजित गरेको छ । यो जितसँगै समूह ‘बि’ मा ६ अंकसहित फ्रान्स पहिलो स्थानमा छ भने नेदरल्यान्ड ३ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै आज बिहान भएको समूह ‘ई’ का खेलहरुमा पोल्यान्डले अल्बानियालाई १-० गोलले पराजित गरेको छ । सोही समूहका चेक रिपब्किक र मोलडोभा बराबरी खेलेका छन् ।

त्यस्तै युरोकप छनौटको समूह ‘एफ’ का खेलमा अस्ट्रियाले इस्टोनीयालाई २-१ गोल तथा स्विडेनले अजरबाइजानलाई ५-० गोलले पराजित गरेको छ भने समूह ‘जी’ को खेलमा हङ्गेरीले बुल्गेरियालाई ३-० गोलले पराजित गर्दै समूहको दोस्रो स्थानमा छ ।