खेलकुद

युरोकप छनौटमा बेल्जियम, फ्रान्स र ग्रीसको सानदार सुरुवात

अनलाइन नेपालगंज

आईतवार, १२ चैत्र २०७९

युरोकप छनौट खेल अन्तर्गत बेल्जियम र फ्रान्सले सानदार सुरुवात गरेका छन् । गएराति भएको खेलमा बेल्जियमले स्विडेनलाई पराजित गरेको छ । 

त्यस्तै गत विश्वकपको उपविजेता फ्रान्सले नेदरल्यान्डमाथि हावी बन्दै विजयी बनेको छ । 

गएराति सम्पन्न खेलमा बेल्जियमले स्विडेनलाई ३-० गोलले पराजित गर्दै ३ अंक बटुलेको छ भने फ्रान्सले नेदरल्यान्डलाई ४-० गोलले पराजित गरेको हो । 

बेल्जियमका रोमेलु लुकाकुले गर्व्को ह्याट्रिकमा स्विडेन पराजित बन्यो । फ्रान्सका केलियन एमबाप्पेले २ र एन्टोनी ग्रीजम्यान र डायोट उपामेकानोले एक एक गोल गरे । 

त्यस्तै  ग्रीसले जिब्राल्टारलाई ३–० ले हरायो ।