समाचार

लुम्बिनी प्रदेशको आयोजनामा गरिएको मानव सेवा आश्रम नेपालगञ्जमा निःशुल्क आँखा जाँच

अनलाइन नेपालगंज

शुक्रबार, १० चैत्र २०७९

विश्व दृष्टि बिशेषज्ञ दिवसको अवसरमा नेपालगञ्जस्थित मानव सेवा आश्रममा निःशुल्क आँखा जाँच शिविर संचालन गरिएको छ । 

दिवसको अवसरमा नेपाल दृष्टि बिशेषज्ञ संघ लुम्बिनी प्रदेशको नेतृत्वमा आयोजना गरिएको निःशुल्क शिविरमार्फत मानव सेवा आश्रम नेपालगञ्जमा रहेका सबैको आँखा जाँच गरिएको हो । शिविरमा आँखा जाँचसंगै चश्माको आवश्यकता भएका र औषधिको आवश्यकता भएकाले सो सामान पनि बितरण गरिएको छ । 

शिविरमार्फत ५१ जनाको आँखा जाँच गरिएको शिविरमा सहकार्य गरेको आरएलआई हेल्थ एण्ड अप्टिकल सेन्टर चौलिक्काका प्रमुख दृष्टि बिशेषज्ञ तिलक साहले जानकारी दिए । शिविरमा जाँच गरिएका मध्ये ८ जनालाई चश्माको आवश्यकता भएको देखिएको छ भने ३ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । 

कार्यक्रममा बागेश्वरी अप्टिकल्स, फत्तेबाल आँखा अस्पताल, कोहलपुर नेत्रालय र ओम आई केयर अप्टिकल्सले सहकार्य गरेका थिए । यसका साथै शिविरमा नेपालगञ्ज कोहलपुर र बर्दियाका दृष्टि बिशेषज्ञहरुको सहभागिता रहेको थियो । 

यो वर्षको नारा ‘अप्टोमेटरीको भूमिका बिस्तारको समय अहिले हो’ रहेको थियो । प्रत्येक वर्ष मार्च २३ मा बिश्वभर दृष्टि बिशेषज्ञ दिवस मनाउने गरिन्छ ।