समाचार

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघका डिसी स्ववियु सभापतिमा निर्वाचित

अनलाइन नेपालगंज

बिहीबार, ९ चैत्र २०७९

दाङको महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का मनोज डिसी स्ववियु सभापतिमा निर्वाचित भएका छन् ।

नेविसंघका डिसीले अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै स्ववियु सभापतिमा निर्वाचित भएका हुन् ।

त्यस्तै स्ववियु सचिवमा नेविसंघका बसन्त भण्डारी निर्वाचित भएका छन् । भण्डारीले  अखिल संयुक्तका रविभक्त केसीलाई पराजित गरेका हुन् । कोषाध्यक्षमा  नेविसंघली ममता केसी निर्वाचित बनेकी छिन् ।

स्ववियु सदस्यमा नेविसंघका बसन्त कडेल, सुरेश पोखरेल, विवेक खनाल, जीवन डिसी, अनिषकुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल निर्वाचित भएका छन् । स्ववियु सदस्यमा एक जना अनेरास्ववियुका सविन पोखरेल निर्वाचित भएका छन् ।