खेलकुद

प्रधानमन्त्री प्रचण्ड क्रिकेट मैदानमा पुगेर खेलाडीहरूलाई शुभकामना आदानप्रदान

अनलाइन नेपालगंज

बिहीबार, २ चैत्र २०७९

विश्वकप लिग २ अन्तर्गतको नेपाल र यूएई विरुद्धको अन्तिम खेल हेर्न प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड क्रीतिपुर खेल मैदानमा पुगेका छन् ।

त्यहाँ पुगेर प्रधानमन्त्री दाहालले खेलाडीहरूलाई शुभकामना दिएका छन् । खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेर खेलाडीहरुलाई   सफलताको शुभकामना दिएका छन् । 

नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ ।  लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा छ । 

युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ । अहिले नेपाल यूएईविरुद्ध फिल्डिङ गर्दैछ । नेपालले अहिले एक विकेट लिइसकेको छ ।