खेलकुद

नेपाली महिला फुटबल टोली आज बिहान दुवै खेल जितेर स्वदेश फिर्ता

अनलाइन नेपालगंज

मंगलवार, ३० फाल्गुन २०७९

नेपाली यू–२० महिला फुटबल टोली आज बिहान दुवै खेल जितेर स्वदेश फर्किएको छ ।

एसिया कप छनोटको दोेस्रो चरणमा स्थान पक्का गरेको नेपाली टोली आज बिहान २ बजे स्वदेश फर्किएको हो । 

महिला टोलीलाई अखिल नेपाल फुटबल एन्फाका पदाधिकारीले स्वागत गरेका थिए । समूह बी मा रहेको नेपाल दुई खेलमा शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा रहेर दोस्रो चरण प्रवेश गरेको छ ।  

नेपाल पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइसल्यान्डमाथि समान ६–० को जित निकाल्दै स्वदेश फर्किएको हो । 

यूएईले नाम फिर्ता लिएपछि समूह बी मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्ड मात्र प्रतिस्पर्धामा थिए ।