विशेष

चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका उम्मेदवारलाई ४८ घण्टाअघि देखि प्रचारप्रसारमा रोक

अनलाइन नेपालगंज

मंगलवार, ३० फाल्गुन २०७९

आजदेखि उपराष्ट्रपति निर्वाचनका उम्मेदवारका लागि प्रचारप्रसार गर्न निषेध गरिएको छ।

निर्वाचन आयोगका अनुसार उपराष्ट्रपति निर्वाचनका लागि आज राति १२ बजेदेखि चैत्र ३ गते चुनावसम्म प्रचारप्रसारमा रोक लगाइएको छ।

उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ।

निर्वाचनका लागि चैत्र ५ गतेसम्म आचारसंहिता लागू भइसकेकाले निर्वाचनको ४८ घण्टाअघि देखि नै आयोगले उम्मेदवारको प्रचारप्रसारमा रोक लगाएको हो। 

उपराष्ट्रपतिका लागि रामसहाय प्रसाद यादव,प्रमिला कुमारी यादव , ममता झा र अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेका छन।