समाचार

राप्ती सोनारी गाउँपालिकाको प्रवक्ता मिनराज खड्का वडा अध्यक्ष पदमा निर्वाचित

अनलाइन नेपालगंज

सोमबार, २९ फाल्गुन २०७९

मिनराज खड्का (सन्तोष)  राप्ती सोनारी गाउँपालिकाको प्रवक्ता नियुक्त भएका छन् ।

राप्ती सोनारी ४ का वडा अध्यक्ष खड्कालाई  कार्यपालिका बैठकले  सर्बसम्मत प्रवक्ता चयन गरेपछी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले प्रवक्ता नियुक्त गरेका हुन् ।

बिकासप्रेमी जनप्रतिनिधिका रुपमा परिचित प्रवक्ता खड्का गत स्थानीय तहको निर्वाचनमा माओवादीका तर्फबाट उम्मेदवार बन्दै नेपाली कांग्रेसका कान्छा थारुलाई पराजित गर्दै  वडा अध्यक्ष पदमा निर्वाचित बनेका थिए।