समाचार

कोशी प्रदेश नामाकरण गरेको भन्दै आज बिहानैदेखि हड्ताल

अनलाइन नेपालगंज

आईतवार, २८ फाल्गुन २०७९

प्रदेश नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा आज बिहानैदेखि हड्ताल गर्दै आवगमन ठप्प पारिएको छ ।

लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले प्रदेशमा हड्ताल गर्दै कोशी बन्द गरेका हुन् ।

पहिचानको ख्याल नगरी राजनीतिक दलहरूले कोशी प्रदेश नामाकरण गरेको भन्दै विरोध उनीहरुले आम हड्ताल गरेका हुन् ।

बन्दका कारण  पूर्व पश्चिम राजमार्गमा सवारीसाधन चलेका छैनन् । बन्दमा केही सवारीसाधन मात्र चलेका छन् ।