समाचार

सिन्धुलीको फिकलमा ब्रेक फेल भएर बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अनलाइन नेपालगंज

आईतवार, २८ फाल्गुन २०७९

मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिकल गाउँपालिका–४ कुइभिर डाँडामा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । 

ओखलढुङ्गाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान  ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हो । 

घाइते भएका १९ जनाको खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।