समाचार
लायन्स क्लवको पहिलो राष्ट्रिय अधिवेशन धनगढीमा शनिबारदेखि सुरु
अनलाइन नेपालगंज
आईतवार, २८ फाल्गुन २०७९
लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ एनको पहिलो राष्ट्रिय अधिवेशन सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शनिबारदेखि सुरु भएको छ ।
पहिलो पटक डिष्टक विभाजन पछि हुन लागेको सो राष्ट्रिय अधिवेशनमा डिष्टिकका १ सय ३३ क्लबबाट करिव ५ सय लायन्स सदस्य सहभागि रहेका छन् ।
क्लवका डिष्टिक गर्भनर लायन सिवि चन्दको अध्यक्षतामा सुरु भएको सो राष्ट्रिय अधिवेशनको प्रमुख अथिती लयान बालकृष्ण बुर्लाकोटी रहेका थिए ।
शनिबार बिहान धनगढीको ट्राफिक चोकबाट सुरु भएको विभिन्न साँस्कृतिक झाँकी सहित कार्यक्रम स्थलमा पुगेको थियो । शनिबार नै लायन वर्ष २०२३–२०२४ का लागि नयाँ डिष्टिक गर्भनर प्रथम भाईस गर्भनर, द्वितिय भाई गर्भनर निर्वाचित हुने छन् ।