समाचार

नेपालगञ्ज वडा नम्बर १८ का वडा अध्यक्ष वर्माद्वारा छोटो समयमै धेरै सडक निर्माण कार्य अघि

अनलाइन नेपालगंज

शनिबार, २७ फाल्गुन २०७९

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादौंमा एकसाथ २५ वटा सडक निर्माण गरिदैंछ । वडा अध्यक्ष दिपक वर्माका अनुसार ११ वटा सडकको हाल निर्माण कार्य जारी रहेको छ । “यो आर्थिक बर्षमा कालोपत्रे, पीसीसी तथा आरसीसी नाला सहितको ११ वटा सडक निर्माण भइ रहेको छ ,” वडा अध्यक्ष वर्माले भने,– “केही दिन पछि थप १४ वटा सडकको निर्माण शुरु हुने तयारी छ । ”

वडा अध्यक्ष वर्माले २०७९ सालको निर्वाचन जिते पछि छोटो समयमै धेरै सडकको निर्माण अघि बढेको छ । ६ कुने चौकदेखि दक्षिण गौरी शंकरटोल, लगदहवा हुँदै बाईपास सडकको करिब २ किलोमिटर अस्फाल्ट शिलान्यास गरिएको छ । यस भित्र लगदहवा गाउँ भित्र पक्की नाला समेत निर्माण भइ रहेको वडा अध्यक्ष वर्माले जानकारी दिए । वडा अध्यक्ष बर्माले चालू आर्थिक बर्षमा सडक पुर्वाधार कार्यलाई तीव्रता दिएको बताए ।

शिक्षा, स्वास्थ्य र मानवीय विकासलाई पनि संगसँगै अघि बढाइएको भन्दै वर्माले स्थानीय माग र आवश्यकता अनुसार सडक निर्माण कार्य अघि बढाइएको बताए ।