अन्तराष्ट्रिय समाचार

आज ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस

अनलाइन नेपालगंज

बुधबार, २४ फाल्गुन २०७९

आज ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस । यसलाई अन्तर्राष्ट्रिय  श्रमिक महिला दिवस पनि भनिन्छ । यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन अर्थात आज यो दिवसलाई  विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । 

१९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।

नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार:  सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ ।

नेपालमा संघ, प्रदेश, स्थानीय तह लगायत सबैलाई नारी दिवस मनाउन भनिएको छ ।