समाचार

डुडुवा खोलामा डुबेर दुई बालकको मृत्यु

अनलाइन नेपालगंज

बुधबार, २४ फाल्गुन २०७९

बाँकेको कोहलपुरमा डुडुवा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । 

कोहलपुर-१२ का १५ वर्षका मनसुन बराल र अनिल भट्टराईको हिजो डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

बराल र भट्टराई कोहलपुर-१२ चप्परगौडीस्थित ज्ञानज्योति माविमा कक्षा-९ मा अध्ययनरत थिए ।