समाचार

जिल्ला प्रहरी बाँकेले कर्तव्य ज्यान मुद्दाका दुई फरार आरोपीलाई पुन:पक्राउ

अनलाइन नेपालगंज

शुक्रबार, १९ फाल्गुन २०७९

जिल्ला प्रहरी बाँकेले कर्तव्य ज्यान मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका नेपालगन्ज १७ का ७१ बर्षीय खेलवान पासी र नेपालगन्ज १७ कै  ५९ बर्षीय भगवान दिन पासीलाई आज पक्राउ गरि जिल्ला  अदालत बाँके बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

पक्राउ परेका खेलवान पासीलाई जिल्ला अदालत बाँकेले मिति २०६६ चैत ९ गते र भगवान दिन पासीलाई मिति २०७९ फागुन १९ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले कैद सजायको फैसला गरेको थियो।

खेलवानलाई ७  बर्ष ६ महिना  र भगवान दिपलाई १० बर्ष कैद  सुनाएको थियो। कैद फैसला सुनाए पश्चात् उनीहरु फरार रहदै आएका थिए।