खेलकुद

क्रिकेटर सन्दीपलाई धरौटीमा छाड्ने सर्वोच्च अदालतको आदेश

अनलाइन नेपालगंज

मंगलवार, १६ फाल्गुन २०७९

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सर्वोच्च अदालतले  सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । 

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो ।

नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालतले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो।