विशेष

आज राष्ट्रपति उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम

अनलाइन नेपालगंज

शनिबार, १३ फाल्गुन २०७९

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछव।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपतिको उम्मेदवारका का लागि ५/५  जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ । मुलुकको राष्ट्राध्यक्षका रूपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि यही फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

नेपाली कांग्रेसबाट बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने पक्कापक्की छ । नेपाली कांग्रेसलाई माओवादसहित ८ दलले समर्थन गरेका छन् ।