अन्तराष्ट्रिय समाचार

टर्कीमा फेरि ६.३ रेक्टरको शक्तिशाली भूकम्प मापन

अनलाइन नेपालगंज

मंगलवार, ९ फाल्गुन २०७९

दुई साताअघि आएको शक्तिशाली भूकम्पबाट थला परेको टर्कीमा फेरि अर्को त्यस्तै शक्तिशाली भुकम्पको झट्काले हल्लिएको छ।

गत फेब्रुअरी ६ मा  करिब ४६ हजार मानिसको ज्यान लिनेगरी ७.८ रेक्टर स्केलको भूकम्प गएको दुघ सातापछि टर्की फेरि अर्को त्यस्तै शक्तिशाली भूकम्पको सामना गर्नुपरेको छ।

दक्षिणी टर्कीको हताया प्रान्तलाई केन्द्र बिन्दु बनाएर  सोमबार राति ६.३ रेक्टरको भूकम्प मापन भएको छ। सयौं मानिस घाइते भएका छन् र भुकम्पको यो ताजा झट्काले ३ जनाको ज्यान लिएको छ।

यो भूकम्पपछि दर्जनौं पराकम्पनहरू महसुस गरिएको थियो। यो पनि सिरियाको सिमानामा पर्छ।