अन्तराष्ट्रिय समाचार

टर्की भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै

अनलाइन नेपालगंज

बुधबार, ३ फाल्गुन २०७९

टर्की र सिरियामा गत सोमबार बिहान गएको ७.८ रेक्टरको  शक्तिशाली भूकम्पबाट अहिलेसम्म मृतकको संख्या ४१ हजार नाघेको  छ।  भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएपनि उद्दारटोलीले धेरैलाई जिवितै उद्दार गरेको अधिकारीहरूले जनाएका छन् । अझै थुप्रै पुरिएको शंका गरिएको छ । टर्कीमा भग्नावशेषबाट ८ हजार बढीको उद्दार गरिएको छ।

भूकम्पले मध्यपूर्वका चार देश टर्किए, सिरिया, लेबनान र इजरायललाई हल्लाएको थियो ।  लेबनान र इजरायलमा भूकम्पको धक्का महसुस गरिए पनि कुनै क्षति भएन ।

भूकम्पका  कारण टर्की र सिरिया ठुलो क्षती भएको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ। सिएनएनका अनुसार अहिलेसम्म टर्कीमा ३५ हजार ४१८ र  सिरियामा  ५ हजार  ८ सय जनाको मृत्यु भएको पुष्टि भएको छ।

दुबै देशका गरि घाइतेको  संख्या १ लाख माथि  रहेको जनाइएको छ। मृतकको संख्या ५० हजार बढी हुने अनुमान समेत गरिएको छ।

भूकम्पका कारण अझै धेरैको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । स्थानीय समय अनुसार सोमबार  बिहान ४:१७ मा गाजियनटेप सहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । त्यस क्षेत्रमा ठुलो संख्यामा उद्दार टोली परिचालन गरिएको छ । क्षतिको विवरण आउन क्रम जारी नै  छ।