समाचार

ल्होत्से मलमा तोडफोड र मोबाइल पसलमा लुटपाट

अनलाइन नेपालगंज

मंगलवार, २ फाल्गुन २०७९

सोमबार साँझ  यातायात मजदुरहरुले बालाजुको माछापोखरी र नयाँ बसपमा गरेको प्रदर्शन र झडपका बेला ल्होत्से मलको ३ वटा  मोबाइल पसलमा लुटपाट पनि भएको छ । लुटपाटमा ८ देखि १० करोड रुपैयाँ बराबरको मोबाइल लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ ।

सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको थियो । ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका र नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष समेत रहेका अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए । 

चालिसेका अनुसार उनको मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको छ ।

सामाजिक सन्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा मोबाइल पसलको सटर खोलेर लुटपाट गरिरहेको दृष्य देखिन्छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।