विशेष

तुलसीपुरको सामुदायिक वनमा नवजात शिशुको शव फेला

अनलाइन नेपालगंज

मंगलवार, २४ माघ २०७९

दाङ तुलसीपुरको एक सामुदायिक वनमा नवजात शिशुको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेको नवदुर्गा सामुदायिक वनमा सालनालसहितको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हो ।

स्थानीय महिलाले दाउरा खोज्न जङ्गल गएको समयमा नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।