अन्तराष्ट्रिय समाचार

टर्की केन्द्रबिन्दु बनाएर आज बिहान गएको ७.८ को शक्तिशाली भूकम्प रेकर्ड

अनलाइन नेपालगंज

सोमबार, २३ माघ २०७९

टर्की केन्द्रबिन्दु बनाएर  आज बिहान गएको ७.८ रेकर्ड को शक्तिशाली भूकम्पबाट अहिलेसम्म दुई देशका गरि ११८  जनाको मृत्यु भएको छ।  

भूकम्पको धक्काका कारण टर्की लगायत लेबनान ,सिरिया र इजरायलमा पनि ठुलो क्षती भएको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ। सिएनएनका अनुसार अहिलेसम्म टर्कीमा ७६ जनाको मृत्यु र ४०० बढी घाइते भएको छ भने सिरियामा ४२ जनाको मृत्युसँगै २०० बढी घाइते भएको जनाइएको छ।

भूकम्पका कारण धेरैको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । स्थानीय समय अनुसार बिहान ४:१७ मा गाजियनटेप सहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । 

भुकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पहरू समेत महसुस भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । भुकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको र धेरै मानिसहरु फसेको हुन सक्ने बताइएको छ । त्यस क्षेत्रमा ठुलो संख्यामा उद्दार टोली परिचालन गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।