विशेष

स्वास्थ्य मन्त्री गिरीले निरीक्षणसंगै डायलाइसिस कक्षको गरे उदघाटन

अनलाइन नेपालगंज

आईतवार, ८ माघ २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय पदम गिरीले भेरी अस्पताल नेपालगञ्जको निरीक्षणसंगै डायलाइसिस कक्षको उदघाटन गरेका छन् ।

अस्पतालको सेवालाई सर्वसुलभ र पहुँचमैत्रीपुर्ण बनाउने उद्देश्यसहित डायलाईसिस सेवालाई चार सय गुणाले वृद्धि गरिएको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसदहरु सुर्य ढकाल, डा. धवलशम्शेर राणा र दीपा शर्मा, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोख्रेल, महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा.कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद गिरी, उप–निर्देशक डा.रोशनलाल चौधरीसहित यहाँका राजनीतिक दल, बुद्धिजीवी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले अस्पतालको हालको अवस्था, अस्पतालले प्रवाह गरिरहेको सेवा, समस्या र भावी योजनाबारे जानकारी गराएका थिए ।