समाचार

खजुरामा विपन्न वर्गहरुलाई न्यानो कपडा वितरण

अनलाइन नेपालगंज

शनिबार, ७ माघ २०७९

खजुरा गाउँपालिकाले विपन्न वर्गहरुलाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ । खजुरा गाउँपालिका वडा नं ४ को आयोजनामा ५० जना स्थानिय विपन्नलाई न्यानो कम्बल वितरण गरेको हो ।

कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले अत्यादिक जाडोका कारण कष्टकर जीवन विताइ रहेका र एउटा कम्बल समेत खरिद गर्न नसक्ने परिवालाईसानो सहयोग मात्र गरेको बताए ।

हालसम्म वडा नं ३ र ८ बाहेक अन्य सम्मपूर्ण वडाहरुमा वितरण कार्यक्रम सम्पन्न भइसकेको विकले जानकारी गराए । वृद्धहरुको स्वास्थ्यलाई ध्यानमा राखि खजुरा गाउँपालिकाले जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको समेत अध्यक्ष विकले बताए ।

उनले खजुरा गाँउपालिकाका स्थानिय वासीको जिम्मेवारी वहन गर्न कृषि तथा पशु, सामाजिक सुरक्षा, शिक्षामा थप नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

त्यसै गरी कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले पालिका तहबाट आफ्ना जनताकालागि गरिएको सानो प्रयासलाई आत्मसाथ गर्न अनुरोध गरिन् ।