समाचार

बाँकेको डुडुवाका आठ जना बालबालिकामा दादुरा संक्रमण

अनलाइन नेपालगंज

शनिबार, ७ माघ २०७९

बाँकेको डुडुवा गाउँपालिकाका आठ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ । पालिकाको वडा नं. १ मा दादुरा संक्रमण देखिएको हो । योसँगै जिल्लका पाँच वटा पालिकामा दादुरा संक्रमण देखा परेको छ ।

डुडुवामा दादुरा संक्रमण देखा परेपछि शनिवारदेखि त्यहाँ खोप अभियान सञ्चालन गरिएको छ । वडा नं. १ को तीन वटा खोप केन्द्रमा अभियान सञ्चालन गरिएको हो ।

बाँकेमा अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा दुई सय जना, खजुरामा १८ जना, कोहलपुर नगरपालिकामा ३ जना, नरैनापुर गाउँपालिकामा १५ जना र डुडुवा गाउँपालिकामा ८ जना सांक्रमित फेला परेका छन् ।

स्वास्थ्य कार्यालय नेपालगञ्जका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार ५ वटा पालिकाको २६ वटा प्रभावित छन् । ती मध्ये १३ वटा वडाका २० वटा खोप केन्द्रमा शनिवार खोप लगाईंदै छ ।