समाचार

पोखरामा जहाज दुर्घटनामा ६९ जनाको मृत्यु

अनलाइन नेपालगंज

आईतवार, १ माघ २०७९

आज बिहान  पोखरामा भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसी अनुसार ६९ जनाको शव फेला परेको हो । 

ती मध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको छ । ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ । तीन जनाको शव फेला परे पनि निकाल्न कठिन भइरहेको एसपी केसीले जानकारी दिए ।     

प्रहरीले क्रेनको प्रयोग गरेर पनि शव निकाल्न खोजेको थियो । तर, उक्त क्रेनबाट पनि शव निकाल्न सम्भव नभएको केसीले बताए । 

‘खोंचमा तीन जनाको शव देखिएको छ । तर, निकाल्न सकिएको छैन,’ उनले भने, ‘क्रेन पनि प्रयोग गर्‍यौं । तर त्यसबाट पनि सम्भव भएन ।’