समाचार

माघ ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन हुने

अनलाइन नेपालगंज

शुक्रबार, २९ पुष २०७९

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ ।

माघ ३ गते दिउँसो एक बजे प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुने प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

जसका लागि माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म प्रदेशसभाको सभामुख र उपसभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । साथै, सोही दिन बेलुका साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिने र माघ ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन हुने सूचनामा उल्लेख छ ।