समाचार

काठमाडौँ जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने आज रिहा

अनलाइन नेपालगंज

शुक्रबार, २९ पुष २०७९

बलात्कार मुद्दामा जेलमा रहेका निलम्बित नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर काठमाडौँ जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने आज दिउँसो रिहा भएका हुन् ।

हिजो उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश सुनाएको थियो । लामिछानेको आज नै स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो । धरौटीमा रिहा भएपनि लामिछाने देश बाहिर जान पाउने छैनन् भने उपत्यका छोडनु पर्दा समेत अदालतको अनुमति लिनुपर्ने भएको छ ।