समाचार

नरैनापुरबाट १७.१५ क्युफिटका  ३३ थान अवैध सालको कडीसहित ३ जना पक्राउ

अनलाइन नेपालगंज

बिहीबार, २८ पुष २०७९

बाँकेको नरैनापुर गाउँपालिकाको नयाँ बस्तीबाट ठुलो परिमाणमा अवैध काठसहित ३ जना पक्राउ परेका छन् ।

अवैध काठ लुकाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा सँगै गएको नरैनापुर सव-डिभिजन वन कार्यालयका रेन्जर जगबिर खत्रीको टोलीले आज दिउँसो साढे २ बजे गाउँपालिकाको वडा नम्बर ६ स्थित नयाँ बस्तीमा लुकाई राखिएको अवस्थामा  १७.१५ क्युफिटका  ३३ थान  सालको कडीसहित ३ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

अवैध काठसहित पक्राउ परेका सबै भारतीय नागरिकलाई आबश्यक कारबाहीका लागि आजै डिभिजन बन कार्यालय बाँकेलाई बुझाइएको प्रहरीले जनाएको छ ।