समाचार

उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

अनलाइन नेपालगंज

बिहीबार, २८ पुष २०७९

नाबालिगलाई बलात्कारको मुद्दामा थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्ष  पठाउन दिएको आदेशविरुद्ध उनी उच्च अदालत पुगेका हुन् । जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमामै छाड्न आदेश दिएको हो । 

तर, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ । अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेछ । मुलुकबाहिर जान चाहिँ प्रतिबन्ध लगाइएको छ । 

उच्च अदालत पाटनले  उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो । भोलि २० लाख रुपैयाँ बुझाएर लामिछानेले धरौटीमा  छुट्छन् । लामिछाने गत असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।