समाचार

पुष २७ गतेदेखि माघ ४ गतेसम्म डुडुवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

अनलाइन नेपालगंज

सोमबार, २५ पुष २०७९

बाँकेको डुडुवा गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । यही पुष २७ गतेदेखि माघ ४ गतेसम्म डुडुवाका विभिन्न स्वास्थ्य संस्थामा शिविर सञ्चालन हुन लागेको हो ।

नेपाल नेत्रज्योति संघ बाँके फत्तेबाल आँखा अस्पताल फुल्टेक्राको आयोजना, तेज कोहली रुइत फाउण्डेशन काठमाडौको सहयोग र डुडुवा गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन हुन लागेको हो ।

उक्त शिविर ४० वर्षभन्दा माथिका व्यक्तिहरुलाई विशेष लाभदायी हुने बताइएको छ । शिविरमा छनोट भएका मोतीविन्दुका विरामीको फत्तेबाल आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ ।