लुम्बिनी प्रदेश सभा पहिलो अधिवेसनको अध्यक्षता डिल्लीराज भुसालले गर्ने
अनलाइन नेपालगंज
सोमबार, १८ पुष २०७९
लुम्बिनी प्रदेश सभा पहिलो अधिवेसनको अध्यक्षता गुल्मीबाट प्रदेश सभामा निर्वाचित ६९ बर्षिय डिल्लीराज भुसालले गर्नेभएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले जेष्ठताको आधारमा गुल्मी प्रदेश सभा २(१)बाट निर्वाचित भुसालाई सभामुख र उपसभामुख चयन नभएसम्मको लागि अधिवेसन तथा बैठकको अध्यक्षता गर्न जिम्मेवारी प्रदान गरेका हुन ।
२०१० साल जेठ ७ ममा बुबा चिन्तामणि भुसाल र आमा निमकला भुसालको कोखबाट जन्मेका भुसाल रेसुङ्गा नगरपालिका बडानं. ०१ नयाँबजार तम्घास निवासी हुन । नेकपा एमालेबाट निर्वाचित भएका उनी रेसुङ्गा नगरपालिका गुल्मीको संस्थापक प्रमुख समेत रहेका भुसाल हाल एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य छन् ।
२०३८ सालमा माले पार्टीसँग आबद्ध भई लामो समयसम्म एमालेको गुल्मी जिल्ला कमिटी सदस्य, रेसुङ्गा नगरपालिका पाटी ईन्चार्ज, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी निभाई सकेका छन् ।
तम्घास अस्पातल विकास समितिको प्रथम अध्यक्ष, गुल्मी उद्योथ बाणिज्य संघको पूर्व अध्यक्ष समेत रहेका भुसाल दर्जनौं सामाजिक संघ संस्थाको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । उनै भुसाललाई लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेसनको अध्यक्षता गर्ने अवसर प्राप्त भएको हो ।
‘प्रदेश सभाको गरिमा र संघिय लोकतान्त्रीक गणतन्त्रको सुदृढीकरणनै अहिलेको आवश्यकता हो’भुसालले भने,‘मैले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछु । प्रदेश सभाले जनभावना अनुसार काम गर्नेगरी मेरो भूमिका हुनेछन् ।’