समाचार

बाँकेको प्रहरी प्रमुखका रुपमा सन्तोषसिंह राठौर आज कार्याभार सम्हाल्दै

अनलाइन नेपालगंज

मंगलवार, १२ पुष २०७९

जिल्ला प्रहरी बाँकेको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले कार्याभार सम्हालेका छन् ।

एसपी राठौरको यही पुस ४ गते प्रहरी प्रधान कार्यालय नक्सालले बाँकेको प्रहरी प्रमुखका रुपमा आज सरुवा गरेको हो । कार्याभार सम्हाल्दै एसपी राठौरले जिल्लाभरका युनिट इन्चार्जहरु लगायत सबै प्रहरी कर्मचारीहरुलाई इमान्दारीपूर्वक र कर्तब्यनिष्ट भनेर कार्य गर्न निर्देशन दिएका छन् । 

जिल्ला प्रहरी बाँकेको कमाण्ड सम्हाल्दै एसपी राठौरले जिल्लाभर शान्तिसुरक्षा चुस्त राख्न मातहतका सबै प्रहरीलाई निर्देशन दिएका हुन् ।