समाचार

४८ घण्टाभित्र नियम विपरीत राखिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

अनलाइन नेपालगंज

मंगलवार, १२ पुष २०७९

गृह मन्त्रालयले नियम विपरीत व्यक्तिगत रुपमा राखिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी  बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र  निर्देशन दिएको हो ।

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयका प्रवक्ता फनिन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।