खेलकुद

विश्वकप २०२२ को क्वाटरफाइनल खेल आजबाट सुरु

अनलाइन नेपालगंज

शुक्रबार, २३ मंसिर २०७९

कतार विश्वकप २०२२ को क्वाटरफाइनल खेल आजबाट सुरु हुँदैछ । अन्तिम ४ अर्थात सेमिफाइनलमा पुग्न आज राती ८:४५ बजे पहिलो खेल बिश्वकपको प्रवल दाबेदार राष्ट्र ब्राजिलले क्रोएसियासँग खेल्दैछ ।

ब्राजिल फुटबलको महाशक्ति राष्ट्र हो भने क्रोएसिया सन् २०१८ रसिया बिश्वकपको उप-विजेता हो । ब्राजिल र क्रोएसिया बिचको खेलमा अहिलेसम्म ब्राजिल ३ पटक विजयी भएको छ भने क्रोएसियाले १ पटक जितेको छ ।

त्यस्तै आजैकै दोस्रो क्वाटरफाइनल खेल पनि विश्वकपका दाबेदार राष्ट्र अर्जेन्टिना र नेदरल्यान्डबिच हुँदैछ । यी दुई राष्ट्र मध्ये एक आज बिश्वकपबाट बाहिरिनेछन् । यी दुई आज राती १२:४५ बजे दोस्रो क्वाटरफाइनल खेल खेल्दैछन् । अर्जेन्टिना नेदरल्यान्डसँगको खेलमा नेदरल्यान्डनै हावी भएको छ ।

विश्वकपको तेस्रो क्वाटरफाइनल खेल पोर्चगल र मोरक्को र चौथो खेल इंल्याण्ड र फ्रान्सबिच शनिबार हुनेछ ।