खेलकुद

ब्राजिल द्वरा दक्षिण कोरियामाथि ४-१ गोल अन्तरको शानदार जित

अनलाइन नेपालगंज

मंगलवार, २० मंसिर २०७९

दक्षिण कोरियामाथि ४-१ गोल अन्तरको शानदार जित निकाल्दै ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलका तर्फबाट भिनिसियस जुनियर, नेइमार, रिचार्लिसन र  लुकास पाक्वेटाले  गोल गरेका थिए । त्यस्तै दक्षिण कोरियाबाट पायक सुंग होले गोल गरेका थिए । 

हिजै रातीको पहिलो प्रि-क्वाटरफाइनलमा क्रोयसियाले जापानलाई पेनाल्टीमा ३-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

दक्षिण कोरियालाई पराजित गरेको ब्राजिल र जापानलाई पराजित गरेको क्रोयसियाबीच आइतबार  क्वाटरफाइनल खेल हुनेछ । ब्राजिल यस विश्वकप मुख्य दाबेदार राष्ट्र हो ।