समाचार

बाँकेको राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु

अनलाइन नेपालगंज

आईतवार, १८ मंसिर २०७९

बाँकेको राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षका कञ्चन थारूको नदी तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।

उनीहरू हिजो दिउँसो नदी तर्ने क्रममा बेपत्ता भएका थिए । उनीहरूको शव आज बिहान ९ बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले नदीमा बेपत्ता दुवै जनाको शव फेला परेको बताए ।