समाचार

कोहलपुर २ सामुदायिक बनमा एक जना युवक झुन्डिएको अबस्थामा फेला

अनलाइन नेपालगंज

शुक्रबार, १६ मंसिर २०७९

कोहलपुर २ बिकास नगर जनएकता मध्यबर्ती सामुदायिक बनमा एक जना युवक रुखमा झुन्डिएको अबस्थामा फेला परेका छन् ।

सुर्खेत घर भइ बाँकेको शम्शेरगन्ज दिदिको घर आएका राम बहादुर महतरा बिहीवार बिहान झुन्डिएको अबस्थामा फेला परेका हुन् । बिहान करिब ६ बजे घासदाउरा लिन गएका गाउँलेले युवक रुखमा झुन्डिएको देखेपछि ईलाका प्रहरी कार्यलय कोहलपुरलाई खबर गरेका थिए ।

सलको पासो लगाइ रुखमा झुन्डिएको अबस्थामा फेला परेको युवकको मृत्यु प्रेम सम्बन्धको कारण हुन सक्ने प्रहरीले आकलन गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।