खेलकुद

विश्वकप फुटबलमा आज नकआउट पुग्ने टिमको तय

अनलाइन नेपालगंज

मंगलवार, १३ मंसिर २०७९

विश्वकप फुटबलमा आजबाट समूह चरणका अन्तिम खेलहरू सुरु हुँदैछन् । अन्तिम चरणका खेलसँगै नकआउट पुग्ने टिमको तय हुनेछ । जस अन्तर्गत् समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेल हुँदैछन् ।

एकै समयमा हुने खेलमा समूह ‘ए’ बाट ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल नेपाली समय अनुसार बेलुका ८.४५ बाट सुरु हुनेछ । समूह ‘ए’बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुंगो लाग्नेछ ।

समूह ‘ए’मा नेदरल्यान्ड्स र इक्वेडरको समान ४-४ अंक रहँदा सेनेगलको ३ अंक रहेको छ । त्यसैले समूह ‘ए’को नकआउट भिडन्त रोमाञ्चक हुने आँकलन गरिएको छ ।

त्यस्तै, समूह ‘बी’ अन्तर्गत हुने खेलमा इरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल राति १२.४५ मा हुनेछ । यो समूहमा इंग्ल्यान्डको ४ अंक हुँदा इरानको ३ र अमेरिकाको २ अंक रहेको छ ।