राजनिति

झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचित

अनलाइन नेपालगंज

बिहीबार, ८ मंसिर २०७९

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।

लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए। लिङ्देन ३ हजार २ सय ७६ मतान्तरसहित विजयी भएका हुन्।

२०७४ को निर्वाचनमा पनि लिङ्देनले सिटौलाई पराजित गरेका थिए।