खेलकुद

फिफा विश्वकप २०२२ मा स्पेनले सानदार जित

अनलाइन नेपालगंज

बिहीबार, ८ मंसिर २०७९

फिफा विश्वकप २०२२ मा स्पेनले सानदार जित दर्ता गराएको छ।

समूह ‘ई’ को खेलमा बुधबार राति भएको  खेलमा स्पेनले कोस्टारिकालाई ७-० गोलले पराजित गर्‍यो।

स्पेनको जितमा फेरान टोरेशले दुई गोल गरे। खेलको ११ मिनेटमा ड्यानी ओल्मोको गोलबाट स्पेनले अग्रता लियो।

मार्को अलन्सोले २१ मिनेटमा अग्रता दोब्बर पारे।

टोरेशले ३१ मिनेटमा पेनाल्टी र ५४ मिनेटमा गरी दुई गोल गरे।

७७ मिनेटमा गाभीले अर्को गोल थप्दा कार्लोस सोलरले ९० मिनेटमा छैटौं गोल गरेका थिए।

दोस्रो हाफको इन्जुरी समयमा मोराटोले स्पेनका लागि सातौं गोल गरे।