मुख्य खबर

बाँके ३ बाट नेपाली कांग्रेसका राठौर निर्वाचित

अनलाइन नेपालगंज

बिहीबार, ८ मंसिर २०७९

बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन्  । उनी  ४७९३ मतान्तरले निर्वाचित भएका हुन्  ।

राठौर २९०४० मतका साथ निर्वाचित भएका छन्  । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका किष्मत कुमार कक्षपतिले २४२४७ मत प्राप्त गरे ।

बाँके ३ मा ७३९८९ मत खसेको थियो ।