मुख्य खबर

बाँके ३(२) मा नेपाली कांग्रेसका बादसाह कुर्मी निर्वाचित

अनलाइन नेपालगंज

बिहीबार, ८ मंसिर २०७९

बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका बादसाह कुर्मी निर्वाचित भएका छन्  । कुर्मी २४८३ मतान्तरले निर्वाचित भएका हुन्  ।

कुर्मी १३४३३ मतका साथ निर्वाचित भएका छन्  । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका भिमबहादुर वलीले १०९५० मत प्राप्त गरे ।