मुख्य खबर

‘प्रचण्ड’ गोरखा २ बाट निर्वाचित

अनलाइन नेपालगंज

बिहीबार, ८ मंसिर २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा २ बाट निर्वाचित भएका छन् । 

प्रचण्ड   गोरखा क्षेत्र नं २ बाट १३ हजार ४६६  मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रचण्डले २६ हजार १०३ मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले १२ हजार ६३७ र एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३९३ मत प्राप्त गरेका छन् ।

गोरखा -२ बाट ५४ हजार ३१ मत खसेको थियो ।त्यस्तै गोरखा १ बाट कांग्रेसका राजेन्द्र बजगाईँ निर्वाचित भइसकेका छन् ।